उँभोलाइ साझा छाँनो छ, उँधोलाइ सुन्दर सहर
त्यहि सहरको बिचमा जोडौँला छुट्टै घरवार
अरु त त्यस्तै भैहाल्यो जोवन आधी गैहाल्यो
मनमा छैन चैन घरमा सधैँ झगडा
अरुको कुरा के गरौँ घरकै मुलि तगडा ।
ए…………..
होकि हैन भन त साइँला
सै हो सै हो
…….
टिपेर पात सालको बुनेर बुट्टे टपरी
घरको शोभा बढाउने त्यहि सानी थिइन् संस्कारि
भोक र प्यास भगाउने मनमा आशा जगाउने
कुन पापिलाइ पठाईछ
नखस्दै भुइँमा झिस्मिसे नछाड्दै डाको भालेले
मायाको घुम्टोले छोपेर त्यहिपनि सिमा कटाई छ।
ए…………………
हो कि हैन भन त साइँला ?
सै हो सै हो !!
सिमल टारे बाँझो खेत बाउबाजेले आर्जेको
मिचाहा सधैँ सध्यौँरि बलियो किला गाडौँला
जोदाहा हल गोठमा घामको झुल्कोमै नारौँला
पसिना र पौरखले झिलि र मिलि पारौँला
बोकेर यहि सपना हिँडेको पनि धेरै भो
मनमा छैन चैन घरमा सधैँ झगडा
अरुको कुरा के गरौँ घरकै मुलि तगडा
ए…………………
होकि हैन भन त साइँला ?
सै हो सै
……………







