सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
कार्तिक २४ गते बसेको हरिहरपुरगढी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकले कार्तिक २७ गते अर्थात भोली मंगलबार राई समुदायको मुख्य पर्व हरिबोधिनी एकादशीको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।गाउँपालिकाले एक सूचना जारी गर्दै सम्पुर्ण पालिकाबासीलाई हरिबोधिनी एकादशीको शुभकामना पनि व्यक्त गरेको छ ।
हरिबोधिनी एकादशीको अवसरमा गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक सघं सस्थांहरुमा स्थानीय विदा दिने निर्णय भएको सुचनामा उल्लेख गरिएको छ ।