सुर्खेत । कर्णालीका सबै जिल्लामा नेकपा एमालेको सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । प्रदेशका दश वटै जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।
कर्णालीबाट एक सय २२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् । दैलेखबाट २३ जना, सुर्खेतबाट २२ जना, कालिकोटबाट १४ जना, हुम्ला र मुगुबाट ११÷११ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन ।
यस्तै डोल्पाबाट १० जना, जाजरकोटबाट नौ, सल्यानबाट आठ जना, रुकुम पश्चिम र जुम्लाबाट सात÷सात जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ मा चितवनमा हुँदैछ ।