Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन  आवश्यक छ : राष्ट्रपति पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
March 4, 2025
in राजनीति
0
संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन  आवश्यक छ : राष्ट्रपति पौडेल
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ  ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता  आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।     उहाँले देशका दुरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भिरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन आह्वान गर्दछु ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।  यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको भनाइ थियो । देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलले बताउनुभयो । 

सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’बाट डा गौरीशङ्करलाल दास, डा मृग्रेन्द्रराज पाण्डे, डा दिनेशनाथ गङ्गोल, डा डिबि कार्की र डा सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गर्नुभएको थियो ।

Previous Post

सुनचाँदीको मूल्य बढ्यो

Next Post

देशका अधिकांश भागमा मौसम सफा रहने

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
आज देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार