काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको १२.०७ प्रतिशत बोनस शेयर दिने प्रस्तावमा संशोधन गरेको हो ।
अब बैंकले १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकले कर प्रयोजनको लागि नगद लाभांश दिन निर्देशन दिइएकोले आज बिहान बसेको सञ्चालक समितिको बैठकले बोनस शेयरको मात्रा घटाएर नयाँ घोषणा गरेको हो ।