काठमाडौं
नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य तोलामा एक लाख ९२ हजार ९०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। हाल चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।






