Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

दोभानचौर खबर by दोभानचौर खबर
July 25, 2025
in बाग्मती प्रदेश, प्रदेश
0
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
26
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा, बागमती –
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशकी माननीय मन्त्री शुकमाया तामाङले आफ्नो एक वर्षे कार्यकालमा प्रदेशको औद्योगिक, व्यापारिक र प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार तथा प्रभावकारी कार्यक्रमहरू कार्यान्वयन गर्दै गम्भीर प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ।

आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको ७३ करोड ७९ लाखको बजेटमध्ये ७८ प्रतिशत खर्च गरी अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कार्यक्षमता वृद्धि भएको देखिन्छ। मन्त्रालयले प्रदेशको कुल गार्हस्थ उत्पादनमा उच्च योगदान दिंदै ६ अर्ब ५२ करोड ९१ लाख राजस्व संकलन गरेको छ।

नीति निर्माण र कानुनी संरचना सुदृढीकरण

मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, व्यापार सम्बन्धी ऐनमा संशोधन तथा प्रदेश हस्तकलाग्राम सम्बन्धी नयाँ ऐन तर्जुमा गरेको छ। घरेलु मदिरा ऐनको मस्यौदा तयार भइसकेको छ। साथै विभिन्न कार्यविधिहरू तर्जुमा गरी तालिम, प्रविधि हस्तान्तरण लगायत कार्यक्रमहरु कार्यान्वयनमा छन्।

उद्योग प्रवर्द्धन र वातावरणीय अनुशासन

वर्तमान कार्यकालमा ५९,४६७ नयाँ उद्योग दर्ता भएका छन्। १७१२ उद्योग तथा व्यवसायको अनुगमन गरी ३६ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। २४ वटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तथा २८ वटा उद्योगको कार्यसूची स्वीकृत भइसकेका छन्।

उद्योग तथा लगानी प्रवर्द्धन समितिबाट १० वटा उद्योगलाई स्वीकृति दिइएको छ। नवप्रवर्तन उद्यमी सम्मान मापदण्डमार्फत १५ जना उद्यमीलाई सम्मान गरिएको छ।

विकास परियोजनाहरूमा उल्लेखनीय प्रगति

चितवनको उद्योग तथा वाणिज्य कार्यालयको नयाँ भवन, मकवानपुरको सर्भे पार्क, विभिन्न जिल्लामा प्रदर्शन भवन, शोकेस, नमूना कार्यालय लगायतका पूर्वाधार निर्माण तथा सञ्चालनमा छन्। भू-उपयोग परिषद् गठन भइसकेको छ भने कृषि जग्गा चक्लाबन्दी कार्यक्रम सिन्धुलीमा सुरु गरिएको छ।

प्रदेशभर उद्योग प्रोफाइल, गुठी तथा सरकारी जग्गाको विद्युतीय अभिलेख तयार पारिएको छ। GIOMS प्रणालीमार्फत सेवा प्रवाहलाई डिजिटलाइज गर्ने कार्य प्रारम्भ भएको छ।

महिला, सीमान्तकृत समुदाय र नवप्रवर्तनमा विशेष जोड

मुसहर, बोटे, हायु, माझी, बनकरिया समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले ५ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। महिला उद्यमशीलता सम्मेलन आयोजना गरिएको छ भने नवप्रवर्तनका १० उत्कृष्ट शोधपत्रलाई १ लाखका दरले पुरस्कार प्रदान गरिएको छ।

अगामी वर्षका योजनाहरु पनि दिगो र उत्पादनमुखी

आगामी वर्षको बजेटमा एक वडा एक उद्यम, स्टार्टअप केन्द्र, कोशेली घर, औद्योगिक ग्राम, बजार विस्तार, सीप विकास तालिमजस्ता कार्यक्रम समेटिएका छन्। हस्तकला उद्योगलाई विद्युत शुल्कमा सहुलियत, ‘एक कार्यालय एक वस्तु विकास केन्द्र’ र नमूना कार्यालय स्थापनाको नीति अघि बढाइएको छ।

“नीति, उत्पादन र सेवा प्रवाहमा गतिशीलता हाम्रो मूल उद्देश्य हो” – मन्त्री तामाङ

माननीय मन्त्री शुकमाया तामाङका अनुसार, “प्रदेशको समृद्धिको मूल आधार रोजगारी सिर्जना, आत्मनिर्भरता र दिगो औद्योगिक विकास हो। मन्त्रालयले त्यसतर्फ योजनाबद्ध ढंगले अघि बढिरहेको छ।”

Previous Post

१२ वर्षको बिधालय यात्रा : विद्यालय मेरो तीर्थ, विद्यार्थी मेरो ईश्वर

Next Post

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
Next Post

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार