काठमाडौँ: लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ। तीज नजिकिँदै गर्दा हरेक वर्ष उनका गीतको दर्शक–श्रोताले उत्सुकतापूर्वक प्रतीक्षा गर्ने गर्दछन्, र यस वर्षको गीतले पनि सो अपेक्षा पूरा गरेको छ।
गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो। यस गीतका शब्द र संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले तयार पारेका छन्।
भिडियोमा गत वर्षको लोकप्रिय गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले अभिनय गरेकी छिन्। भिडियोमा ६० जना कोरस डान्सरले नृत्य प्रस्तुत गरेका छन्।
भिडियोको कोरियोग्राफी मौसम हिमालीले तयार पारेका हुन् भने छायांकन शम्भु चालिसेले गरेका छन् र सम्पादन प्रविन भट्टले गरेका छन्।







