हेम कार्की, सिन्धुली ।
तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला !
जरुर तिमिलाइ मन पराउछु प्रेम भएर होला !!
भौतिक दुरि टाढा छ भनि जान्दा-जान्दै पनि !
हरबखत मनभित्रै सजाउछु प्रेम भएर होला ।।
के पो देखे सपनिमा प्रेमलिङ्गनमा तिमि र म !
झस्स-झस्स बिउँझिदै कराउछु प्रेम भएर होला !!
जन्मघर,साथी सँगी छाडेर आए आफन्त जन !
उस्कै आड-भरोसामा रमाउछु प्रेम भएर होला ।।
घरबाट काहीं कतै निस्कदा सोध्छन् आफन्तले !
जहाँ नाम सुन्दा मात्रै लजाउछु प्रेम भएर होला ।।






