सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सुर्खेत जाने भएका छन् । पार्टीको प्रदेश कमिटि बैठक र प्रदेश भेलालाई सम्बोधन गर्न माधव नेपाल आज सुर्खेत जान लागेका हुन् । एकिकृत समाजवादी कर्णाली प्रदेश कमिटिको बैठक आज बस्दै छ भने प्रदेशस्तरीय बृहत भेला पनि आयोजना गरिएको प्रदेश कमिटि अध्यक्ष अम्बर बहादुर थापाले जानकारी दिएका हुन् ।
‘आजको प्रदेश कमिटि बैठक र भोली आयोजित भेलालाई सम्बोधन गर्न क. माधव नेपाल आउँदै हुनुहुन्छ’ थापाले भने, ‘वीरेन्द्रनगरको रंगशालास्थित कबर्डहलमा बृहत भेला आयोजना गरिएको छ ।’