Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सभामुख र राष्ट्रियसभाका अध्यक्ष भन्छन् : विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन

दोभानचौर खबर by दोभानचौर खबर
September 12, 2025
in राजनीति
0
सभामुख र राष्ट्रियसभाका अध्यक्ष भन्छन् : विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताउनुभएको छ। उहाँहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गर्नुभएको छ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले वक्तव्यमार्फत देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको जानकारी गराउनुभएको छ। वक्तव्यमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ, आन्दोलनको क्रममा ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।’

आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुले उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई आग्रह गर्नुभएको छ।

यही भदौ २४ गते बानेश्वरस्थित सङ्घीय संसद्भवन, सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयलगायत विभिन्न सरकारी कार्यालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेज नष्ट हुनेगरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको सभामुख र अध्यक्षको भनाइ छ। रासस

Previous Post

जेन–जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

Next Post

जेन–जीको सिफारिसमा सुशिला कार्की प्रधानमन्त्री, शपथ ग्रहण सम्पन्न

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
जेन–जीको सिफारिसमा सुशिला कार्की प्रधानमन्त्री, शपथ ग्रहण सम्पन्न

जेन–जीको सिफारिसमा सुशिला कार्की प्रधानमन्त्री, शपथ ग्रहण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार