Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

परम्परा र आधुनिकताको दोबाटोमा दशैँ

दोभानचौर खबर by दोभानचौर खबर
October 1, 2025
in समाज
0
परम्परा र आधुनिकताको दोबाटोमा दशैँ
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

सागर बोहरा

दशैं नेपाली समाजको जीवनधार हो। यसलाई केवल एउटा धार्मिक अनुष्ठान वा देवीपूजामा सीमित गरेर बुझ्न सकिँदैन। दशैं नेपालीको सामूहिक चेतना, सांस्कृतिक परम्परा, सामाजिक मूल्य र भावनात्मक सम्बन्धहरूको समष्टिगत रूप हो। हरेक वर्ष जब वायुमण्डल शुद्ध, आकाश निलो र खेतबारी सुनौलो हुन्छ, त्यतिबेला दशैं केवल घर–घरमा आएर बस्दैन, मानिसको मुटुभित्र प्रवेश गर्छ।
घरभन्दा टाढा परेका नेपालीलाई यो पर्व घर फर्काउने एउटा अदृश्य डोरी हो। चाहे खाडी मुलुकमा पसिना बगाउने मजदुर हुन्, चाहे सहरमा अध्ययनरत विद्यार्थी, वा राजधानीमा जागिरे—दशैंले सबैलाई एउटै वाक्य सुनाउँछ– “घर फर्क, परिवारसँग मिल।” यही कारण दशैंलाई केवल धार्मिक पर्व नभई नेपाली जीवनको साझा उत्सवका रूपमा लिइन्छ।
मेरा लागि दशैंको स्मृति भनेको बाल्यकालदेखि सुरु हुन्छ। मेरो गाउँ रामेछापको मन्थली–११, नाटिला। दशैं आउनासाथ गाउँले शैली रूपान्तरण हुन्छ। खेतबारी सुनौलो धानले भरिन्छ, बारीमा लहलह कोदो हल्लिन्छ, आँगनमा बालबालिकाको हाँसो गुन्जिन्छ, अनि घर–घरमा जमरा उम्रिन्छ। यी दृश्यहरूले दशैंको सुवास फैलाउँछन्।
बिहान सबेरै गाउँभरका मानिसहरू रातो माटो कमेरो लिन निस्कन्थे। यो केवल व्यवहारिक काम मात्र होइन, सामूहिक भेटघाट र रमाइलो गर्ने अवसर पनि हुन्थ्यो। कसले पहिले कमेरो ल्याउँछ भन्ने होड नै लाग्थ्यो। हाम्रो परिवार पनि यो चलनमा पछि पर्दैनथ्यो।
म एक पटक बासँगै कमेरो लिन गएको स्मृति अझै ताजा छ। बाटोमा बाल्यकालको उत्साह, बाको अनुहारमा भने गम्भीरता झल्किएको थियो। माटो बोकेर फर्किँदा उहाँले भन्नुभयो, “कान्छा, अहिलेको दशैं सजिलो छ, तर रमाइलो छैन। हाम्रो पालामा दशैं दुःख र रमाइलो दुवै मिसिएको हुन्थ्यो।”
म अचम्म परेँ—दशैं जस्तो खुसीको पर्वमा दुःख कसरी मिसिन सक्छ?
बाले सम्झनामा डुब्दै भन्नुभयो, “चामल खान दशैं पर्खनुपथ्र्यो। धान कम फल्थ्यो, नुन–तेल लिन सिन्धुली हुँदै तराई जानुपथ्थ्र्यो। कतिपय फर्केर आउँदैनथे। विसौने कान्छा पनि त्यसै गरी हरायो। तर दुःखबीचको रमाइलो नै सबैभन्दा गहिरो थियो।”
यी कुरा सुन्दा मैले बुझें—दशैं केवल पूजा–पाठ होइन, संघर्ष र सामूहिकताको इतिहास पनि हो।
पुरानो पुस्ताको दशैंलाई सम्झिँदा एउटा जीवित चित्र आँखा अगाडि आउँछ। गाउँमा केरा पाक्थे, ठूलो खसी वा बोका काट्ने तयारी हुन्थ्यो। सबैको कपडा खोलामा लगेर धुन्थे। अमला र खरानी हालेर कपडा उमाल्ने चलन थियो। अहिले हेर्दा अचम्म लाग्ने यो काम त्यतिबेला दशैंको सौन्दर्य थियो।
गाउँलेहरू कुटो–कोदालो बोकेर बाटो सफा गर्न जुट्थे। बाबियो काटेर ठूलो पिङ बाँधिन्थ्यो। त्यो पिङ बालबालिकाको मात्र नभई युवायुवतीलाई भेट्ने मेलापोखरीजस्तै थियो। हाँसो, गीत–संगीत, गफगाफ—यी सबैले दशैंलाई बेजोड बनाउँथ्यो।
बुढापाकाहरू भने टोल–टोलमा भेला भई पुराना कथा सुनाउँथे। कहिले देवी–देवताको कथा, कहिले आफ्ना संघर्षका अनुभव। यसरी दशैंले पुस्ता–पुस्ताबीच ज्ञान र संस्कार आदानप्रदान गर्ने थलो बनाउँथ्यो।
तर समय बदलिँदै जाँदा दशैंको स्वरूप पनि रूपान्तरण हुँदै गएको छ। नयाँ पुस्ताका लागि दशैं केवल सजिलो सुविधाको पर्वजस्तो बनेको छ।
अब कसैले कपडा पकाएर धुन्नुपर्दैन। बजारमा रेडिमेड कपडा सजिलै पाइन्छ। पिङको स्थान आधुनिक मेसिनले भरिएका मेलाले लिएको छ। माटो कमेरो गर्ने चलन हराइसकेको छ, किनकि गाउँका घरहरू डलानले ढाकिएका छन्।
अघिल्लो पुस्ताले दिनौं यात्रा गरेर गाउँ फर्किनुपर्ने बाध्यता पनि हराइसकेको छ। सडक, गाडी र मोबाइलले सुविधा त बढाएका छन्, तर साझा श्रम र सामूहिकतामा आधारित संस्कार भने हराउँदै गएको छ।
आजको दशैं सजिलो छ। नुन, तेल, चामल किन्न टाढा जानुपर्दैन। बजारमै खसी वा बोका सजिलै पाइन्छ। पसलहरूमा दशैं नजिकिँदै गर्दा आकर्षक विज्ञापन, उपहार प्याकेज र रेडिमेड वस्तु सजिएर आउँछन्। विदेशमा रहेका सदस्यहरूले मोबाइल वा भर्चुअल माध्यमबाट शुभकामना पठाउँछन्।
तर सजिलोसँगै केही गहिरो कुरा हराएको छ। पुरानो पुस्ताले भोगेको दुःख र त्यससँग जोडिएको सामूहिक रमाइलोपन अब अनुभव गर्न गाह्रो छ।
यो परिवर्तनलाई केवल नकारात्मक भन्न सकिँदैन। सुविधाले जीवनलाई सजिलो बनाएको छ, तर संस्कारसँग जोडिएको आत्मा भने कमजोर हुँदै गएको छ।
दशैं बदलिँदै जाँदा हामीले एउटा प्रश्न गर्नुपर्छ—के हामीले आफ्नो संस्कृतिको आत्मा जोगाइरहेका छौं? परम्परा भनेको केवल पुरानो शैलीलाई अन्धो रुपमा पछ्याउनु होइन, बरु त्यसको आत्मा र मूल्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो।
हामीले बाबियोको पिङ बाँध्न नसके पनि, भेटघाटको संस्कारलाई जोगाउन सक्छौं। कमेरोले घर लिप्न नसके पनि, मिलेर गाउँ सफा गर्ने चलन पुनर्जीवित गर्न सक्छौं। बजारबाट ल्याएको नयाँ कपडामा रमाउँदा पनि, पुराना कथा सुनाउने संस्कारलाई जीवित राख्न सक्छौं। यदि हामीले परम्पराको आत्मा बचाउन सकेनौं भने दशैं केवल उपभोग र प्रदर्शनको पर्वमा सीमित हुनेछ।
दशैंले नेपाली समाजलाई एकतामा बाँध्ने काम गरेको छ। जातीय, धार्मिक वा भौगोलिक भिन्नता भन्दा माथि उठेर सबै नेपालीलाई एउटै डोरीमा गाँस्ने पर्व हो दशैं। तर अहिले यसको स्वरूपमा उपभोगवाद र प्रदर्शनवाद हावी हुँदै गएको छ।
पहिले दशैंले सामूहिक श्रम र ऐक्यबद्धता सिकाउँथ्यो। अब भने व्यक्तिगत क्षमता र खर्चको प्रदर्शन बढी हुन्छ। कसले ठूलो खसी काट्छ? कसको घरमा महँगो परिकार छ? कसले महँगो कपडा लगाउँछ?—यी प्रश्नहरूले सामूहिकता भन्दा व्यक्तिगत प्रतिस्पर्धा बढाइदिएका छन्। यसरी हेर्दा, दशैं आधुनिकता र उपभोगबीचको द्वन्द्वमा फसेको छ।
दशैं केवल चाड मात्र होइन—नेपाली जीवनशैलीको दर्पण हो। पुराना पुस्ताले भोगेको दुःखबीचको रमाइलो होस् वा नयाँ पुस्ताले पाएको सजिलो सुविधा—दशैंको आत्मा भने एउटै छ, घर फर्काउने, परिवारलाई मिलाउने र संस्कृतिको मूल्य सम्झाउने।
तर त्यो आत्मा जोगाउन हामी सबै सचेत हुनुपर्छ। दशैंलाई केवल उपभोग र प्रदर्शनको पर्वमा सीमित हुन नदिई, सामूहिकता, संस्कार र ऐक्यबद्धताको पर्वका रूपमा पुनर्जीवित गर्न आवश्यक छ। यदि हामीले परम्पराको आत्मा बचाउन सकेनौं भने हाम्रो भविष्यले केवल बजारको दशैं मात्र देख्नेछ, संस्कारको दशैं होइन।
दशैं बदलिँदै जान्छ, संस्कार पनि बदलिन्छ। तर हाम्रो जिम्मेवारी हो—यसलाई केवल स्मृतिमा सीमित नराखी, आधुनिकताको चमकसँगै परम्पराको आत्मा पनि जीवित राख्ने। आखिर, दशैं हाम्रो सामूहिक पहिचान हो, हाम्रो जीवनको अंश हो, हाम्रो संस्कृति र चेतनाको दर्पण हो।

Previous Post

शिक्षक समाजलाई उज्यालो बनाउने प्रकाश हो: रामचन्द्र लामा

Next Post

अत्यधिक वर्षा र विपद् सम्भावनाका कारण तीन दिन सार्वजनिक बिदा

RelatedPosts

बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
समाज

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

March 23, 2026
उदयपुर कटारीमा हुरीले रुख ढल्यो, दुईको मृत्यु, छ घाइते
समाज

उदयपुर कटारीमा हुरीले रुख ढल्यो, दुईको मृत्यु, छ घाइते

March 17, 2026
Next Post
अत्यधिक वर्षा र विपद् सम्भावनाका कारण तीन दिन सार्वजनिक बिदा

अत्यधिक वर्षा र विपद् सम्भावनाका कारण तीन दिन सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार