मन्थली (रामेछाप), असोज २१ – शान्तिदीप युवा क्लब र नागरिक समाजको अगुवाइमा मन्थली–काठमाडौं हवाई सेवा नियमित रूपमा सञ्चालन हुने भएको छ। क्लबका अध्यक्ष सुरेश उदासको हस्ताक्षरयुक्त विज्ञप्ति आज प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको थियो ।
विज्ञप्ति पछि नागरिक उडायन प्राधिकरण रामेछाप, शान्तिदिप युवा क्लब र उडान कम्पनीका प्रतिनिधिको छलफल पछि हप्तामा तीन दिन उडान गर्ने भएको छ। बुधबार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले मन्थली–काठमाडौं रुटमा उडान गर्नेछन्।
मन्थलीमा रहेका तीनवटै एरलाइन्स (समिट, सीता र तारा) का प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले अनिवार्य उडान गर्ने निर्णय गरिएको क्लबले जनाएको छ। आफ्नो तालिका अनुसार उडान गर्ने प्रतिबद्धता समेत गरेको छ।
उक्त पहलले लामो समयदेखि स्थगित मन्थली–काठमाडौं हवाई सेवा पुनः सञ्चालन हुने र जिल्लावासीलाई सहज यातायातको विकल्प उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।







