काठमाण्डौ: आज सुन तथा चाँदीको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु २,४०० ले वृद्धि भई तोलाको मूल्य रु २ लाख ४० हजार ४ सय पुगेको छ । हिजो सुनको मूल्य तोलाको रु २ लाख ३८ हजार थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि आज उल्लेख्य वृद्धि भएको छ । तोलामा रु ९५ ले बढेर चाँदीको मूल्य रु ३ हजार २ सय २० पुगेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको रु ३ हजार १ सय २५ थियो ।
सुन–चाँदीको मूल्यमा भएको यो वृद्धि नेपाली बजारमा हालसम्मकै उच्च दर हो ।





