काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा संकलन गर्ने गतिविधि कानुनी कारबाहीमा पर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनी दिएको छ।
केही व्यक्ति वा समूहले प्रधानमन्त्री र कार्यालयको हवाला दिँदै विभिन्न परियोजना तथा सामाजिक कार्यका लागि सहयोग मागिरहेको जानकारीपछि कार्यालयले विज्ञप्ति जारी गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रविलाल शर्माले प्रधानमन्त्रीको तर्फबाट कसैलाई पनि चन्दा वा सहयोग संकलन गर्न अनुमति नदिइएको स्पष्ट पारे। उनले यस्ता भ्रामक गतिविधिमा विश्वास नगर्न र कोही आग्रह गरेमा तुरुन्त अस्वीकार गर्न आग्रह गरे।
त्यस्ता कार्य फेला परेमा स्थानीय प्रहरीलाई जानकारी दिन पनि कार्यालयले आग्रह गरेको छ।







