काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्नका लागि तयारी तीव्र पारेको छ। आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेपछि तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न राजनीतिक दलहरुसँग आज छलफल गरेको हो।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा (एकीकृत समाजवादी), मधेशवादी दललगायतका प्रमुख दलका प्रतिनिधिहरू सहभागी थिए। यसअघि राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दलका शीर्ष नेताहरूसँग पनि परामर्श भएको थियो।
माओवादी केन्द्र र नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने तयारी जनाइसकेका छन्। तर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा अघि सारेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निष्पक्ष र समयमै निर्वाचन गराउन नसक्ने अडान लिएका छन्।







