काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारदेखि सुरु हुने भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्न तथा संसद् पुनःस्थापनाका मागसहित दायर रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।







