Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
February 23, 2026
in राजनीति
0
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन ।

महामन्त्री पौडेलले आज काठमाडौँ–५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन। उनले आफू यसअघि काठमाडौँ क्षेत्र नं ५ बाट सांसदका रूपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको बताए ।

चक्रपथको दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोरलगायत रणनीतिक काम अघि बढेको उनले बताए ।

महामन्त्री पौडेलले क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी, तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरेको बताए ।

उनले सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरा वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताए ।

महामन्त्री पौडेलले क्षेत्र नं ५ लाई मेडिकल हबका रूपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नो प्रतिज्ञा पत्रमार्फत सङ्घीय संसद्मार्फत व्यवसायमैत्री कानुन निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरे ।

“युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, ‘डिजिटल मार्केटिङ’जस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’का रूपमा आवश्यक नीति र पूर्वाधार तयार गरिनेछ,” उनले भने ।
प्रतिज्ञा पत्रमा भूमिविहीनहरूको पहिचान गरी लालपुर्जा वितरणको कार्यलाई गति दिनेलगायत विषय समेटिएको छ ।

उनले काठमाडौँ–५ अन्तर्गत पर्ने हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही, अजिमालगायत ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भ्याली सिटी टुरमा समावेश गर्ने बताए ।

टोखाको बिस्का नखः, पाँहाचह्रे तथा हाँडीगाउँको चोखःते नारायणजात्रा जस्ता सांस्कृतिक परम्पराको ‘ब्रान्डिङ’ गर्दै पर्यटकीय लाभ लिन पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाजस्ता ढल समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा ढुबान समस्या समाधानका लागि ‘स्ट्रोमा वाटर ड्रेनेज’को व्यवस्था गर्ने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

महामन्त्री पौडेलले टोखा छहरे सुरुङमार्ग र रसुवा केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’का रूपमा विकासका लागि पहल गर्ने बताउनुभयो । यस्तै, चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर, सामाखुसी विष्णुमती करिडोरमा आफूले थालेको सडक विकासको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।

उनले विश्वविद्यालयहरूमार्फत अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माणको नेतृत्व लिने र नेपालकै ‘लार्ज ल्याङ्ग्वेज मोडल विकासका लागि पूर्वाधार बनाउन आफ्नो पहल रहने बताए । धनेश्वर खेलमैदानलाई राष्ट्रियस्तरको मैदानका रूपमा स्तरोन्नति गर्ने र भूत्हया दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान साधना केन्द्रका रूपमा विकास गर्ने उनको प्रतिज्ञापत्रमा उल्लेख छ ।

Previous Post

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

Next Post

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार