Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सदनमा भौतिक उपस्थिति मेरो, आवाज जनताकोः ‘ठेकी’ चिन्हका उम्मेदवार थापा

दोभानचौर खबर by दोभानचौर खबर
February 27, 2026
in राजनीति
0
सदनमा भौतिक उपस्थिति मेरो, आवाज जनताकोः ‘ठेकी’ चिन्हका उम्मेदवार थापा
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं उपत्यकासँगै जोडिएको जिल्ला हो, काभ्रेपलाञ्चोक । काठमाडौंबाट केही घण्टाको यात्रामा काभ्रेपलाञ्चोक पुगिन्छ। विडम्बना, देशको संघीय राजधानीसँगै जोडिएको जिल्लाको अवस्था दयनीय छ । काभ्रेपलाञ्चोकमा दुई निर्वाचन क्षेत्र छ । लाखौंको बसोबास रहेको दुवै क्षेत्रका मतदाताले विकास हुने आशले पटकपटक मतदान गरे ।

आफ्नो प्रतिनिधि चुनेर सदनमा पुर्याए । तर, जनप्रतिनिधिहरु चुनाव जितेपछि जनतामुखी भन्दा पनि आफूमुखी हुँदा जनताले परिवर्तनको महसुश गर्न सकेका छैनन् । आधारभूत आवश्यकताबाटै जनता वञ्चित छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउँदैछ ।

यसपटकको निर्वाचनमा देश र जनताका लागि काम गर्ने प्रतिनिधि चुन्ने काभ्रेका मतदाताहरु बताइरहेका छन् । दर्जनौं उम्मेदवारले उम्मेदवारी दिँदा काम गर्नेचाँहि को हुन सक्छन् ? मतदाता अलमलमा छन् । मतदाताले मौका दिएमा आफूले प्रमाणित गरेर देखाउने काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश थापा बताउँछन् ।

‘ठेकी’ चुनाव चिन्हका थापा जनतालाई निराश गराउने काम कहिल्यै नहुने दाबी गर्छन् । भुम्लु गाउँपालिका–२, सिम्थलीका ३० वर्षीय थापा लामो समयदेखि पत्रकारितामा आबद्ध थिए । जनताका समस्या राम्रोसँग बुझेका उनका अनुसार ती समस्या समाधान नै उनको प्रमुख एजेण्डा हो ।

भन्छन्,’पत्रकारितामा हुँदा जनताको समस्या धेरै उठाइयो । ती समस्या समाधान गर्न र जनताको आवाज सशक्त भएर सरकारको कानमा पुर्याउन मैले उम्मेदवारी दिएको हुँ ।’ देश बनाउने हुटहुटी बोकेर राजनीतिमा आएका तिनै थापासँग गरेको कुराकानीको संक्षिप्त अंशः

१) पत्रकारिता र राजनीतिलाई एक सिक्काको दुई पाटा भनिन्छ । पत्रकारिताबाट जनताको आवाज उठाइरहनुभएको तपाईँले किन राजनीति रोज्नुभयो ?

तपाईँले भन्नुभएको ठीक हो । पत्रकारिता र राजनीति दुवै सेवा हो । पत्रकारिताबाट मैले लामो समयसम्म जनताको समस्या उठाए । तर, त्यसको सरकारबाट प्रभावकारी रुपमा सुनुवाई भएजस्तो लागेन । जनता हरेक पाइलामा पीडित छन् । तर, सरकार जनताप्रति उत्तरदायी देखिँदैन ।

जनताको पीडा र समस्यालाई सरकारले अनदेखा गरिरहेको छ । पत्रकारिता गर्ने क्रममा मैले एउटा कुरा के बुझे भने पत्रकारले आवाज उठाउँछ, समस्या देखाउँछ । त्यो आवाज सुन्ने र समस्याको समाधान गर्ने सरकारमा बस्नेहरुले हो । तर, सरकार आफ्नो जिम्मेवारीबाट भागेपछि म राजनीतिमा आएको हुँ ।

जनताको समस्या समाधानका लागि मैले आफूबाट हुनसक्ने हरेक प्रयास गर्छु । म ठूला कुरा होइन, काम गरेर जनतालाई प्रमाणित गरेर देखाउनेछु । अहिले राजनीतिप्रति जनताको जुन अविश्वास छ, त्यो आफ्नो काममार्फत हटाउन म लागिरहनेछु । मैले हिजोपनि देश र जनताको आवाज उठाए, भोलिका दिनमा त्यसलाई झन् सशक्त रुपमा निरन्तरता दिनेछु ।

२) यसपटकको निर्वाचनमा धेरै युवा होमिनुभएको छ । तर, युवाहरुको राजनीति दीर्घकालीन छैन भन्ने आरोप छ। तपाईँ यसलाई कसरी चिर्नुहुन्छ ?

म आफैंपनि युवा हुँ । देश र जनताका लागि केही गर्नुपर्छ भन्ने इच्छाशक्ति र ऊर्जा लिएर म राजनीतिमा होमिएको छु । मसँग काम गर्ने भिजन, क्षमता, दक्षता छ । अहिले मैले राजनीतिमा आफ्नो कदम राखे । अब मेरो यो कदम पछि हट्नेवाला छैन । भदौ २३ र २४ गतेको आन्दोलन पनि राजनीतिमा युवाको सक्रियता हुनैपर्छ भनेर भएको थियो । त्यसपछि राजनीतिमा युवाहरु आउनुभएको छ । त्यसैले युवाहरुको राजनीति दीर्घकालीन छैन भन्नु भ्रम फैलाउनु मात्र भएकोजस्तो लाग्छ ।

३) काभ्रे–२ मा राजनीतिक दलबाट हेभिवेट उम्मेदवार उठ्नुभएको छ । तपाईँले उहाँहरुलाई हराउन सक्नुहुन्छ ?

मैले मतदाताहरुको कुरा सुन्दा, बुझ्दा उहाँहरुलाई हेभिवेट उम्मेदवार होइन, काम गर्ने उम्मेदवार चाहिएको छ । जसले काम गर्न सक्छ, उसैलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ, मतदाताहरु । यसपटकको निर्वाचनमा उहाँहरुले पार्टी हेर्नुभएको छैन । आफू जुनसुकै पार्टीको भएतापनि त्यो बिर्सिएर काम गर्नेलाई छान्ने उहाँहरुको भनाइ छ । मलाई उहाँहरुमाथि विश्वास छ ।

४) मतदाताले तपाईँलाई किन मतदान गरेर जिताउने ?

मतदाताले मतदान गरेर मलाई होइन, आफैंलाई जिताउने हो । आफ्ना समस्या बुझिदिने, दुःखमा साथ दिने, सशक्त आवाज उठाइदिने, विकास गरिदिने उम्मेदवार पाउनु मतदाता आफैं जित्नु हो । यसपटकको निर्वाचन उम्मेदवार होइन, मतदाता जित्ने निर्वाचन हो । मतदाताले सही र इमान्दार नेतृत्व चुनेर आफूलाई जिताउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

५) तपाईँको चुनावी एजेण्डा के छ ?

मैले जति मतदाताको कुरा सुने, त्यसबाट एउटा विषय के प्रष्ट भयो भने उहाँहरुको ठूलो आशा–अपेक्षा केही छैन । गाउँमै बस्ने वातावरण सिर्जना होस्, छोराछोरीलाई विदेश पठाउन नपरोस्, यहीँ रोजगारीको व्यवस्था मिलोस् । संविधानमा लेखेका मिठा धाराहरु वास्तवमै कार्यान्वयन होस् भन्नुहुन्छ, उहाँहरु ।

गाउँ रित्तिँदै गएकोमा उहाँहरु एकदमै चिन्तित हुनुहुन्छ । उहाँहरुले राख्नुभएको दुःखेसोहरु सम्बोधनका लागि मेरो प्रयास निरन्तर जारी रहनेछ । अर्को कुरा, म सांसद निर्वाचित भएमा सरकारले दिने तलब–भत्ता यहीँ क्षेत्रको विकासमा खर्चिनेछु । जनताले आफ्नो सुःखदुःखमा सँधै मलाई पाउनुहुनेछ ।

जनताबाट भागेर होइन, जनतासँगै बसेर मैले आफ्नो जिम्मेवारी पुरा गर्नेछु । कुरा होइन, कामबाट मैले आफूलाई प्रमाणित गरेर देखाउनेछु ।

६) भनिन्छ, चुनाव लड्न धेरै खर्च लाग्छ । तपाईँले कसरी जुटाइरहनुभएको छ ?

म पेशाले पत्रकार हो । तपाईँपनि पत्रकार नै हुनुहुन्छ, पत्रकारको तलब, सेवासुविधा कस्तो हुन्छ भन्ने जानकारी तपाईँलाई छँदै छ । म पैसा लिएर होइन, आफ्नो बुद्धि, विवेक, क्षमता लिएर मैदानमा उत्रिएको छु । मतदाताले आर्थिक हैसियत होइन, काम गर्ने क्षमता हेरेर मतदान गर्नुहुने हो ।

मसँग अन्य उम्मेदवारजस्तो चुनावमा खर्च गर्न पैसा नभएपनि काम गर्ने क्षमता छ । पढेलेखेको छु, स्पष्ट भिजन छ । राजनीतिमा मैले सबैभन्दा अभाव भिजनको देखेको छुँ । जुन मसँग छ । मतदाताले कुन उम्मेदवारले कति खर्च गर्यो भनेर नभई कतिको क्षमतावान छ ? भनेर उम्मेदवार चुन्ने हो । त्यसैले म ढुक्क छु ।

७) सबै उम्मेदवार चुनावी प्रचारप्रसारमा केन्द्रित हुनुहुन्छ । तपाईँको प्रचारप्रसार कसरी भइरहेको छ ?

प्रायःजसो उम्मेदवार अहिले घरदैलोमा हुनुहुन्छ । मतदाताको घरदैलोमा पुगेर उहाँहरुले भोट माग्ने काम गरिरहनुभएको छ । तर, मचाँहि मतदाताका समस्या सुन्नमा बढी केन्द्रित छु । उहाँहरुले मलाई समस्यासँगै सुझाव दिइरहनुभएको छ । युवाले आँट गरेकोमा उहाँहरु निकै नै खुशी हुनुहुन्छ । उहाँहरुको सल्लाह, सुझावले मलाई थप हौसला प्रदान गरेको छ ।

८) निर्वाचित हुनुभएमा संसद्मा तपाईँको भूमिका कस्तो रहनेछ ?

मैले भन्दै आएको छु कि म पदको लोभमा राजनीतिमा आएको होइन । म त देश र जनताको सेवा गर्न राजनीतिमा होमिएको हुँ । मेरो लक्ष्य प्रष्ट छ–जनमुखी कानुन निर्माणमा सक्रियता, जनताको सेवा र समस्या उठान । मलाई निर्वाचित भएपछि मन्त्री पद चाहिएको छैन । देश र जनताको आवाज उठाउने ठाउँ मात्रै चाहिएको हो ।

मतदाताले ममाथि विश्वास गरेर सदनमा पठाउनुभयो भने म प्रतिपक्षमा बसेर उहाँहरुको आवाज उठाइरहनेछु । सदनमा मेरो भौतिक उपस्थिति भएपनि आवाज सँधै उहाँहरुको हुनेछ ।

९) निर्वाचित भएपछि जनप्रतिनिधिहरु हराउने परिपाटी छ । तपाईँबाट पनि त्यस्तै पो हुने हो कि ?

मबाट कदापि त्यस्तो हुनेछैन । मैले अघि भने नि जनताले सुःख–दुःखमै मलाई आफूसँग पाउनुहुनेछ । चुनावमा भोट माग्न घरदैलो गर्ने र जितेपछि हराउने परिपाटीले जनता निराश हुनुहुन्छ । म त चुनाव जितेपछि पनि घरदैलो गरिरहनेछु, उहाँहरुको समस्या बुझ्न, सुझाव सुन्न ।

१०) अन्तिममा के भन्न चाहनुहुन्छ ?

म मतदातालाई यति भन्न चाहन्छु कि उहाँहरुले मलाई दिनुभएको मत खेर जान दिने छैन । मबाट उहाँहरुलाई कहिल्यै निराश पार्ने काम हुने छैन । तपाईँले मलाई आफ्नो कुरा जनतामाझ राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद ।

Previous Post

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै

Next Post

आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार