Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

दोभानचौर खबर by दोभानचौर खबर
April 15, 2026
in राजनीति
0
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ। ‘मिनी संसद्’ का रूपमा चिनिने यी समितिहरूको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले पूर्वनिर्धारित कार्यक्रम सार्वजनिक गरिसकेको छ।

निर्वाचन तालिकाअनुसार बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। प्रस्ताव दर्ता गर्दा एक जना सदस्य प्रस्तावक र सोही समितिका अर्का सदस्य समर्थक हुनुपर्ने व्यवस्था रहेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए।

दर्ता भएका प्रस्तावहरूको सूची सोही दिन साँझ ४: ३० बजेसम्म प्रकाशित गरिनेछ। त्यसपछि शुक्रबार दिउँसो १ बजे बस्ने समितिको बैठकमा प्रस्ताव पेश, समर्थन र निर्णयका लागि मतदान प्रक्रिया अघि बढाइनेछ।

यदि कुनै मन्त्री एकभन्दा बढी समितिको सदस्य भएको अवस्थामा मतदान गर्नुपर्ने भएमा, त्यसबारे निर्वाचन हुनुभन्दा २४ घण्टा अगाडि सम्बन्धित समितिलाई लिखित जानकारी गराउनुपर्ने सचिवालयले जनाएको छ।

हाल सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र दुई संयुक्त समिति रहेका छन्। प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन र उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिहरू सञ्चालनमा छन्।

संयुक्त समितिमा संसदीय सुनुवाइ तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन्।

Previous Post

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

RelatedPosts

विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित

April 5, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार