रामेछाप। रामेछापको सुनापति गाउँपालिकास्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल जनकपुरमा सम्मानित भएका छन।
प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा माध्यमिक तहको बागमती प्रदेशको उत्कृष्ट शिक्षक बललाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र विकासमा उहाँले पुर्याउनुभएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो।
ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयमा रहेर शिक्षा सुधारका लागि निरन्तर क्रियाशील बल राष्ट्रियस्तरमा सम्मानित हुनुले रामेछापको शैक्षिक क्षेत्रलाई समेत चुनौती थपिएको छ।
उहाँको सम्मानले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापकहरूलाई शैक्षिक सुधार, गुणस्तरीय शिक्षण र जिम्मेवार नेतृत्वका लागि थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।






