Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शेयर बजारमा आज थोरै अङ्कले सुधार

दोभानचौर खबर by दोभानचौर खबर
January 27, 2022
in अर्थतन्त्र, दाेभानचाैर आज
0
शेयर बजारमा आज थोरै अङ्कले सुधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शेयर बजारमा आज थोरै अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर दुई हजार ७७९।९८ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३८ अङ्कले बढेर ५१८.७२ मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ ।

कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर रु तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बीमा १.३२, सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

यस्तै जलविद्युत् ५.५२, वित्त १४.६५, निर्जीवन बीमा १३३.८३, उत्पादन २८.७२, अन्य १७.९२, लघुवित्त ५.३१ र लगानी ०.४७ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड दुई लाख ६९७ बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ४७ लाख २३ हजार ७३०, अपि पावर कम्पनी रु ११ करोड १७ लाख ८१ हजार ९४८, शिखर इन्स्योरेन्स रु १० करोड ९९ लाख ३४ हजार २७१ र आइएमई जनरल इन्स्योरेन्स रु नौ करोड २५ लाख ९४ हजार ७३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रङोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । यस्तै सिइडिबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ७.१६ प्रतिशतले कमाए ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ४.१४, युनाइटेड इदी मर्दी हाइड्रोपावर ३.९०, नबिल इक्विटी फण्ड २.९६, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.७६ र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

Previous Post

काठमाडौंमा एक दम्पत्ती सुतेकै अवस्थामा मृत भेटिए

Next Post

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
Next Post
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार