बाँचुन्जेल जिन्दगीमा भोगिन्छ क्या-क्या
यदी नपर्दो हो मर्नु त बाँच्नुको मजा क्या
भेटिएपछि छुटिनैपर्छ अवगतकै कुरो हो
छुटिदा चुपचाप छुटिने गरौँ विदा क्या
आफ्नो खुट्टामा आफै बन्चरो हानेपछि
पश्चाताप क्या? दुखाई क्या? पीडा क्या?
मुर्खता या मपाइ मलाई यस्तो किन लाग्छ
मेरी प्रियाका समीप सीता क्या-राधा क्या
बरु यो जान् ‘रत्न’ उनका प्रत्येक कुराहरुमा
बनावटी क्या? अदा क्या?? ईशारा क्या???






