Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध

दोभानचौर खबर by दोभानचौर खबर
March 12, 2023
in राजनीति
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter


त्रिभुवन विश्वविद्यालय त्रिविमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

देशभरका क्याम्पसमा फागुन २७ गते उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिए ।

उनका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् ।

उनले अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिए । “हामी यसपटक सबै क्याम्पसमा निर्वाचन गराउने छौँ”, उनले भने, “रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ ।”

आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, जनप्रशासन क्याम्पसमा रोकिएको निर्वाचन प्रक्रिया आजै सुरु गर्ने उनले जानकारी दिए । हिजो उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको हो ।

दुई क्याम्पसमा निर्विरोध

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिए । उनका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसपटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट हुँदैछ ।

प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । आजै उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।

Previous Post

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो प्रतिवेदन

Next Post

सिन्धुली बस दुर्घटना : मृत्यु भएका सबैको परिचय खुल्यो

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post

सिन्धुली बस दुर्घटना : मृत्यु भएका सबैको परिचय खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार