Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

७३ जिल्लामा फैलियाे लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशुु मरे

दोभानचौर खबर by दोभानचौर खबर
June 14, 2023
in शिक्षा र स्वास्थ्य खबर, समाचार
0
७३ जिल्लामा फैलियाे लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशुु मरे
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ ।

चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ ।

यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।

यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको उहाँले बताउनुभयो ।

लम्पी स्किन रोग लागेपछि देखिने असर

यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ । यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्गडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।

देशभर महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोगबाट सङ्क्रमित तथा मृत्यु भएको पशुहरूको विवरण, यस रोगको उपचार, रोकथाम तथा नियन्त्रणका लागि सेवा विभागले सबै प्रदेशका पशुपन्छी हेर्ने मन्त्रालय, निर्देशनालय, भेटेरिनरी अस्पाताल, तालिम केन्द्र तथा पालिकाहरूसँग छलफल गरिरहेको वरिष्ठ पशुचिकित्सक डा उपाध्यायले जानकारी दिनुभयो ।

यस रोगको प्रकोपबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा चार हजार सात सय ७५ पशु मरेका छन् भने त्यसपछि सुदूरपश्चिममा दुई हजार सात सय ४७, कोशीमा एक हजार एक सय ३२, गण्डकीमा तीन सय ३०, बागमतीमा दुई सय ८१, लुम्बिनीमा एक सय १०, मधेस प्रदेशमा ३५ पशु मरेको विभागको तथ्याङ्क छ । सङ्क्रमित पशुहरूमा औषधि र शक्तिबर्द्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको विभागले जनाएको छ ।

विभागले यो रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठ वरिपरि सफा राख्नेलगायतका सुझाव दिएको छ ।

नेपालमा कहिले भित्रियो यो रोग

नेपालमा विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलो पटक देखापरेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ ।

लक्षण देखा परेपश्चात् उक्त गाईहरूबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साल साउन ११ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो । यसरी रोग पुष्टि भएपछि सो रोगको सूचना विश्व पशु स्वास्थ्य सङ्गठनमा पशु स्वास्थ्य सूचना प्रणालीमार्फत गरेको थियो ।

यस लगत्तै गत असार महिनामा नै चितवनको राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका र मकवानपुरको हेटौँडा नगरपालिमा यो रोग देखिई धेरै जिल्लाहरूमा फैलिएको थियो ।

यो रोग मुख्यगरी सब सहारन अफ्रिका, मध्यपूर्व र टर्कीमा महामारीकै रूपमा देखिने गरेको र एसियामा सन् १९८९ मा इजरायलमा यो रोग देखिएको थियो । यो रोग पछिल्लो समयमा सन् २०१९ पछि दक्षिण र पूर्वी एसियाका देश जस्तै बङ्गलादेश, भारत, चीन, चीन ताइपेई र भियतनाममा देखा परिसकेको अवस्था छ ।

Previous Post

हराउँदै मौलिक घर, जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

Next Post

मौलिकता गुमाउँदै घान्द्रुक

RelatedPosts

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
Next Post
मौलिकता गुमाउँदै घान्द्रुक

मौलिकता गुमाउँदै घान्द्रुक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार