Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आंचल साहित्य कला पुञ्जले ९ जनालाई सम्मान गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
April 23, 2024
in समाज, समाचार
0
आंचल साहित्य कला पुञ्जले ९ जनालाई सम्मान गर्ने
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । मकवानपुरको हेटौंडामा रहेकाे महिलाहरुको साहित्यिक सस्था आंचल साहित्य कला पुञ्जले ९ जनालाई पुरस्कृत र सम्मान गर्ने भएको छ ।

पुञ्जले सोमबार हेटौंडामा पत्रकार भेटघाट गरि २०८० सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको जानकारी दिएको हो । पुञ्जले चैत १५ गते हेटौडामा आयाेजना गरी ९ जना स्रष्टालाई सम्मानित गरिने अध्यक्ष भावना सापकाेटाले बताइन् । 

पुञ्जले स्थापना गरेको ८ वटा पुरस्कार र एउटा सम्मानबाट ९ जना सम्मानित हुने पुञ्जकी अध्यक्ष सापकोटाले जानकारी दिइन् । उनका अनुसार हरिवंश भेटवाल र विजुला भेटवालले स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहटकी स्रष्टा रेणुका जीसी सम्मानित हुने भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

१ लाख २५ हजारको अक्षयकोषबाट सुरु गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मानबाट २०७४ मा कवि प्रतिमा पाठक, २०७५ मा साहित्यकार रुकु कार्की, २०७६ मा साहित्यकार डा. विन्दु शर्मा २०७७ मा समालोचक/कवि ज्ञानु अधिकारी, २०७८ मा मकवानपुरे साहित्यकार तथा साहित्यिक संगठक तिर्थदेवी सिलवाल, २०७९ मा  मकवानपुरे कवि तथा गजलकार बवी थापालाई प्रदान गरिएको थियो । यो सम्मान आँचलमामा स्थापना भएको अक्षयकोष सहितको पहिलो सम्मान हो ।

यसैगरी प्रतिभा धिताल छन्द सम्मान,२०८० बाट नुवाकोटकी साहित्यिक स्रष्टा सुमित्रा सुमी सम्मानित हुने भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा स्थापना गरेकाे उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई प्रदान गरिने छ । २०७५ सालमा स्थापना भएको सम्मानबाट २०७५ मा बुनु लामिछाने, २०७६ मा प्रभा भट्टराई, २०७७ मा नवलपरासी निवासी कृष्णदेवि शर्मा, २०७८ मा भुषिता वशिष्ठ, २०७९ इटहरी निवासी टीका आत्रेयलाई सम्मानित भइसकेका छन् ।

यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० बाट मकवानपुरकी पत्रकार सरिता दाहाल सम्मानित हुने भएकी छिन् । उक्त सम्मानकाे राशी ७ हजार पाँच सय रुपैयाँ रहेकाे छ । दाहाल २ दशकदेखि मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील छिन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेका उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिन्छ । २०७५ सालमा २०७५ सालमा स्थापना भएको यो सम्मानबाट स्थापना भएकाे वर्ष मकवानपुरका अग्रज पत्रकार कौशल पाण्डे, २०७६ मा नवराज शर्मा, २०७७ मा प्रताप विष्ट, २०७८ मा कृष्णराम परियार, २०७९ मा राममणी दाहाल सम्मानित भइसकेकाे छन् ।

टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान-२०८० बाट काठमाडौैकी स्रष्टा प्रभा बराल सम्मानित हुने भएकी छिन् । उक्त सम्मानकाे राशी ११ हजार १ सय ११ रहेकाे छ । साहित्यकार रुकु कार्कीलगायत उनका बहिनी प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले पिता तथा माताद्धयको नाममा १ लाख ५० हजारको अक्षयकोषसहित सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । २०७६ मा कवि ललिता दोषी, २०७७ मा कवि निमेष निखिल, २०७८ मा देवराज खरेल, २०७९ मा साहित्यकार माधव पोखरेल सम्मानित भएका छन् ।

यस्तै अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान-२०८० बाट नेत्र एटम काठमाडौं सम्मानित हुनेछन् । गंगाधर तिमल्सिना र यशोधरा तिमल्सिनाले स्थापना गर्नुभएको अप्सरा स्मृति सम्मानको राशि १५ हजार एक रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले १ लाख ९० हजार रुपैयाँको अक्षयकोषसहित सुरु गरिएकाे उक्त सम्मान साहित्यको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने व्यक्तिलाई प्रदान गरिन्छ । यो सम्मानबाट २०७६ मा मकवानपुरे साहित्यकार आरसी रिजाल, २०७७ काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी माली, २०७८ मा

चितवन निवासी कवि तथा साहित्यकार सरिता तिवारी, २०७९ मा आख्यानकार माया ठकुरी सम्मानित भएका थिए ।मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान-२०८० बालजागृति इङलिस स्कुलकी प्रसिद्धि लामिछाने सम्मानित हुने भएकी छिन् । मकवानपुरका स्रष्टा लामिछानेलाई ३ हजार ५ सय रुपैयाकाे उक्त सम्मान प्रदान गरिने छ । शिक्षा सेवी देवप्रसाद श्रेष्ठले विद्यालय तहमा अध्ययनरत विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई प्रदान गरिने गरी उक्त सम्मान स्थापना गरेका हुन् । उक्त सम्मानबाट २०७७ मा अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगाना, २०७८ मा बालजागृति इङलिस स्कुलका ऋत्विक केवि, २०७९ मा जीएस निकेतनका समर्पण न्यौपाने सम्मानित भइएका छन् ।

मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८० बाट मकवानपुरकी स्रष्टा स्वस्तिका बाँनिया सम्मानित हुने छिन् । ५ हजार रुपैया राशीकाे उक्त सम्मानका स्थापना मुक्तिगाेविन्द वैद्य र तारादेवी वैद्यले गरेका हुन् । २०७७ मा स्थापना भएकाे उक्त सम्मान २०७७ सालबाटै प्रदान गरिएकाे हाे । यो पुरस्कारबाट २०७७ मा मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साल, २०७८ मा प्रसन्ना चौलागाई, २०७९ मा कृतिका लौडारी सम्मानित भएकी थिइन् । 

मकवानपुरका स्रष्टा दीपक गौतमलाई सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० प्रदान गरिने छ। १० हजार रुपैया राशी रहेकाे सम्मानकाे संस्थापक चन्द्रकिरण श्रेष्ठ र मेनुका शर्मा हुन् । समाजसेवी श्रेष्ठ र शर्माले २०७७ मा स्थापना गरेकाे उक्त सम्मान २०७७ सालबाट प्रदान गरिदै आइएकाे छ । यस सम्मानबाट २०७७ मा कवि सुवास खनाल, २०७८ मा कवि छवी अनित्य, २०७९ मा मकवानपुरका बाँसुरी वाधक विष्णु बहादुर विश्वकर्मा सम्मानित भएका थिए ।  

यस्तै आँचल सम्मान २०८० बाट हरिवंश भेटवाल सम्मानित हुने भएका छन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरले प्रदान गर्ने गरेको आँचल सम्मान २०८० मकवानपुरमा रहेर निरन्तर रुपमा साहित्य श्रीवृद्धिका लागि योगदान गर्नु हुने सामाजिक व्यक्तित्व साहित्यसेवी भेटवाललाई प्रदान गरिने भएको हाे । संस्थाको अक्षयकोक्ष स्थापना गरेर सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्‍याउनु भएकाे कदर गर्दै उनलाई उक्त सम्मानद्वारा सम्मानित गरिने भएकाे हाे ।

चैत १५ गते विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुने छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा एकल गायन प्रतियोगिता हुने भएको हो । वृहत् साहित्यक साँस्कृतिक कार्यक्रमसहित हुने गायन प्रतियोगितामा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने अध्यक्ष सापकाेटाले जानकारी दिइन् । गायन प्रतियोगिता सँगसँगै स्रष्टा सम्मान, बहस र रचना वाचन कार्यक्रम पनि हुने जनाइएको छ । 

Previous Post

प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री श्रेष्ठ र उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठबीच भेटवार्ता

Next Post

एकीकृत समाजवादीले वैशाख २६ गते बोलायो स्थायी कमिटी बैठक

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

एकीकृत समाजवादीले वैशाख २६ गते बोलायो स्थायी कमिटी बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार