Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गोदावरी सामुदायिक होम स्टेका संचालक महिलाका लागि क्षमता विकास तालिम

दोभानचौर खबर by दोभानचौर खबर
June 3, 2024
in समाचार
0
गोदावरी सामुदायिक होम स्टेका संचालक महिलाका लागि क्षमता विकास तालिम
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । जिल्लाकाे गाेदावरीस्थित पाैडाेलमा हाेम स्टे (घरवास) का संचालक महिलाहरूकाे क्षमता विकास तालिम प्रदान गरिएको छ ।

गाेदावरी नगरपालिका वडा नम्बर ३ काे आयाेजनामा पाैडाेलकाे तामाङ समुदायमा संचालित गाेदावरी सामुदायिक हाेम स्टे संचालक महिलाहरूकाे लागि गत वैशाख २९ गतेदेखि जेष्ठ २० गतेसम्म संचालित क्षमता विकास तालिमकाे आईतबार समापन गरिएको हाे ।

कार्यक्रममा बाेल्दै नगर उप- प्रमुख मुना अधिकारीले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि नगरको सहयोग रहने बताइन्। घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो।
महिलाहरूकाे हरेक समस्या समाधानमा लागिपर्ने वडाध्यक्ष राज घिमिरेकाे यसखालकाे कार्यक्रम गाैरवमय भएको बताउँदै उप-मेयर अधिकारीले हाेम स्टेलाइ राम्रोसँग संचालन गर्न सकिएमा तामाङ माैलिकता, रहनसहन, रितिरिवाजलाई अनुभव गर्न सकिने बताईन् ।

यसैगरी, २१ दिनसम्मकाे तालिममा पर्यटन आतिथ्यता सत्कार, व्यवस्थापन, पदमार्ग खाेज, पर्यटन व्यवसाय र बजारीकरण, पर्यटनमा संस्कृतिको प्रयोग, उद्यमशिलता र हस्तकला सम्बन्धि विभिन्न कामहरू सिक्ने अवसर मिलेकाे लक्ष्मि लामा र राधिका घिसिङले जानकारी दिएका छन् । तालिमपश्चात आफूहरूमा आत्मविश्वास बढेको उनीहरू बताउँछन् ।

तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न तामाङ समुदायमा होमस्टे सुरु गरिएको होमस्टेका अध्यक्ष रूपा तामाङले बताईन् । प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रूपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्ववपूर्ण सफलता हासिल हुने उनी बताउँछिन् । हाेम स्टे संचालनका लागि सहयाेग गर्नुहुने वडा अध्यक्ष सानुराजा घिमिरेलाई विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष तामाङले आगामी दिनमा पनि हाेम स्टेकाे प्रबर्द्धन तथा बजारिकरणका लागि वडाले मात्रै नभएर नगरले पनि बजेट विनियाेजन गरि सहयाेग गर्ने अपेक्षा राखिन् ।

समाजसेवी रवीन्द्र सिलवालले यस समुदायमा हाेम स्टेकाे अवधारणा गाेदावरी सराेकारकी अध्यक्ष बेबि राजभण्डारी र वडा सदस्य सङ्गिता तामाङले ल्याएकाेमा धन्यवाद दिदै आगामी दिनमा नगरभर नै सम्भाव्यता अध्ययन गरी हाेम स्टे संचालन गर्नुपर्ने बताए ।

तालिममा सहभागिहरूलाई बेबी राजभण्डारी, शान्ता शाक्य, रिना श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक शाक्यले अन्य स्थानमा भन्दा पाैडाेलकाे सिकाईमा फरकपन पाएकाे बताईन् । यहाँकाे स्थानीय उत्पादनमा हरेक परिकारका साथै, विभिन्न बस्तुहरू निर्माण गर्न सकिने बताईन् । यस्तै, हाेम स्टेका संरक्षक एवं प्रशिक्षक राजभण्डारीले महिलाहरूलाई उद्यमी बनाउने उदेश्यका साथ हाेम स्टेकाे अवधारणा ल्याई पर्यटन पर्यावरण, पदमार्ग , हाेम स्टेमा आउनु भएको पाहुनालाइ गाेदावरीमा भएको पर्यटकीय स्थलहरूकाे अवलोकन, हाईकिङ समेत गरिएको बताईन ।

व्यवसायी स्वयंममा सकारात्मक सोच भए क्षमता अभिवृद्धि पनि हुने भएकोले तालिम आयोजना गरेको उनी बताउँछिन् । आगामी दिनमा पाैडाेल नमुना पर्यटकिय बस्ती बन्नेमा उनी विश्वस्त छिन् ।
होमस्टे सेवा बिस्तार र थप प्रभावकारी बनाउन स्थानीय सरकार,प्रदेश सरकार,सहयोगी संस्थाहरुसँग समन्वय,सहकार्य गरी तालिम,गोष्ठी जस्ता कार्यक्रमहरु गर्दै जाने उनले जानकारी दिईन् ।

यसैगरी, वडाध्यक्ष राज घिमिरेले व्यवसायी महिलालाको क्षमता अभिवृद्धि अभियानमा आफ्नो वडा रहेको बताउँदै आगामी दिनमा समेत यस्तो तालिम आयोजना गर्ने जनाए । होमस्टेले छरिएरका नेपाली समाजको मौलिक संस्कृति, परम्परा, कलाको प्रवर्द्धन, संरक्षण र विकास गर्दै आर्थिक उपार्जन गर्न सकिने उनकाे भनाइ छ ।

धनी मुलुकका धनी पर्यटकका लागि बहुमूल्य भनेकै हाम्रो संस्कृति, परम्परा, कला, प्राकृतिक सौन्दर्यता भएकोले विदेशी पर्यटकलाई गाउँ घरमा रहेका मौलिक आवास खाना र संस्कार, संकृति देखिएर आकर्षण गर्नुपर्नेमा उनकाे जोड छ । स्थानीय क्षेत्रको आर्थिक विकास, रोजगारको सिर्जना मात्र नभई तामाङ संस्कृतिको प्रवद्र्धनका लागि समेत होमस्टे सेवाले महत्वपूर्ण योगदान दिने उनी बताउँछन् । आफ्नो क्षेत्रको विकासका सवालमा पर्यटन प्रवद्र्धन महत्वपूर्ण पाटो रहेको बताउँदै वडाध्यक्ष घिमिरेले यस मार्फत जनताको स्तर उकास्न बजेट निर्माणमा आफ्नो साथ रहने प्रतिवद्धता जनाए ।

तामाङ संस्कृतिको जगेर्नाका लागि समेत होमस्टे सेवा प्रभावकारी हुने भएकोले स्वच्छा हावापानीका साथै स्थानीय उत्पादनकाे स्वाद लिन देश विदेशका पर्यटकहरु आउने उनको विश्वास छ । साथै, पर्यटकहरूलाई सजिलाेका लागि हाेम स्टेकाे सुचना बाेर्ड पनि राख्ने तयारी भएको उनले बताए ।

कार्यक्रममा आएका पाहुनालाई तामाङ संस्कृतिअनुसार सेतो टीका र खादा, गिलासमा पुदिनाकाे जुस राखी स्वागत तथा सम्मान गरिएको थियोे भने स्थानीयरुपमा उत्पादन गरिएका रैथाने बालीका परिकारहरू खुवाइएकाे थियाे ।

कार्यक्रम संयाेजक संङ्गिता सिलवालले संचालन गरेको कार्यक्रममा उपस्थित पाहुनाहरूमा लागि स्वागत मन्तव्य भने वडा सदस्य संङ्गिता तामाङले दिएकी थिईन् । कार्यक्रममा वडा सदस्य सविना नेपाली, दिपक लामा, वडा कर्मचारी, पत्रकार राजन खरेल,मायालु लामा, गाेदावरी सराेकारका सदस्यहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Previous Post

सरकारले सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्यायो : ओली

Next Post

माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ - मन्त्री मोक्तान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार