काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सोही सुनको मूल्य १ लाख ९० हजार ७ सय रुपैयाँ थियो।
चाँदीको हकमा भने मूल्य वृद्धि भएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार १ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला २ हजार १ सय ४५ रुपैयाँ थियो।







