Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

दोभानचौर खबर by दोभानचौर खबर
June 10, 2025
in समाज
0
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: यस वर्ष नेपालमा मनसुन सामान्य मिति भन्दा करिब १५ दिन अघि, अर्थात् जेठ १५ गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो। तर, त्यसपछि बनेको विशेष मौसमी परिस्थितिका कारण मनसुन पूर्वी एसिया फर्किएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, पूर्वी एसियामा विशेषगरी फिलिपिन्सतिर बलियो न्यूनचापीय क्षेत्र विकास भएकाले मनसुन सोहोरिएर फर्किएको हो। उहाँले भन्नुभयो, “मनसुन कोशीबाट नेपालका अन्य भागमा फैलिन नपाई फिलिपिन्स क्षेत्रतिर लागेकाले हालका लागि देशभर मनसुन फैलिने सम्भावना देखिँदैन।”

मनसुन प्रवेश गरेपछि जेठ १७ गते पूर्वी नेपालमा भीषण वर्षा भएको थियो। धरान–धनकुटा सडकखण्ड अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाको बाढीले १०० मिटर सडक बगाएको थियो भने झापामा माइ खोलाको बाढीले २२ घर डुबानमा परेका थिए। त्यसयता भने उल्लेखनीय वर्षा भएको छैन।

मौसमी प्रणालीको अवस्थाबारे जानकारी दिँदै मौसमविद् झाले पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु अझै सक्रिय रहेको बताउनुभयो। पश्चिमी वायु बलियो रहेकाले पनि मनसुन कमजोर बनेको उहाँको भनाइ छ। बङ्गालको खाडीबाट आउने मनसुनी वायु हाल कमजोर अवस्थामा रहेकोले देशभर गर्मी बढिरहेको मौसमविद्को निष्कर्ष छ।

झाका अनुसार, यस्तो अवस्थामा मनसुन ‘ब्रेक’ हुनु राम्रो संकेत होइन। यसले कतै अत्यधिक वर्षा र कतै खडेरी ल्याउने सम्भावना बढाउँछ।

यद्यपि, भोलिदेखि नेपालका केही क्षेत्रमा फेरि बदली सुरु हुने अनुमान गरिएको छ। बङ्गालको खाडीमा पुनः नयाँ न्यूनचापीय प्रणाली विकसित भइसकेको र भारतको मध्य भागमा पनि यस्तै प्रणाली विकास हुँदै गएको बताउँदै झाले त्यसको असर नेपालमा देखिनेछ र वर्षा गराउनेछ भने।

यस वर्ष जल तथा मौसम विज्ञान विभागले सामान्यभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ। सोही अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइसकेको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार करिब २० लाख मानिस वर्षा र विपद्का कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये करिब १० प्रतिशत जनतालाई तत्काल राहत तथा उद्धार आवश्यक पर्ने अवस्था आउन सक्ने भएकाले तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

Previous Post

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Next Post

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार