Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानुन परिमार्जन गर्छ : गृहमन्त्री लेखक

दोभानचौर खबर by दोभानचौर खबर
August 5, 2025
in समाचार
0
विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानुन परिमार्जन गर्ने बताउनुभएको छ।

आज बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी, अग्रिम जमानतसम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तबीरमाफी परिर्वतनसम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र परिमार्जजन गर्नुपर्ने देखिएकाले विधयेक समितिमै उपसमिति बनाइएको जानकारी दिनुभयो।

“बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने संवैधानिक व्यवस्था छ,” विधयेक समितिका संयोजक रहनुभएका मन्त्री लेखकले भन्नुभयो, “कुनै पनि सजायको माफी मुल्तबी अथवा दण्ड सजायको परिवर्तनसम्बन्धी व्यवस्थालगायतका केही व्यवस्थामा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखियो।”

उहाँले आजको बैठकमा समितिमा मुलुकी अपराधसंहिता, मुलुकी फौजदारी कार्यविधिसंहिता, मुलुकी देवानीसंहिता, मुलुकी देवानी कार्यविधिसंहिता र सजाय निर्धारणसम्बन्धी कानुन गरी पाँचवटा विधयेकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिनुभयो।

“आज बनाएको उपसमितिले सम्बन्धित मन्त्रालयहरुको रायसल्लाह लिएर र अरू पनि आवश्यक छलफल गरेर यो विधयेकलाई संशोधन परिमार्जजन गरेर अगाडि बढाउँछौँ,” लेखकले भन्नुभयो, “ती सबैलाई विधेयक समितिले संशोधन गरेर यो कानुन परिमार्जन गर्छ। आज हामीले त्यही निर्णय गरेका छौँ।”

उहाँले कानुन मन्त्रालयसमेत रहनेगरी विधेयक समितिको सचिवले आवश्यक समन्वय गर्ने बताउनुभयो। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफलका लागि मन्त्री लेखकले बैठक डाक्नुभएको थियो। रासस

Previous Post

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुने

Next Post

जनैपूर्णिमामा पाँचपोखरी तीर्थयात्रा : गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर

RelatedPosts

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
Next Post
जनैपूर्णिमामा पाँचपोखरी तीर्थयात्रा : गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर

जनैपूर्णिमामा पाँचपोखरी तीर्थयात्रा : गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार