Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध सरकार दृढ रहेको प्रधानमन्त्री ओलीको भनाइ

दोभानचौर खबर by दोभानचौर खबर
August 13, 2025
in राजनीति, राजनीति खबर
0
लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध सरकार दृढ रहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौँ, २८ साउनः प्रतिनिधिसभा बैठक सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सङ्घीय संसद भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभा बैठक सम्बोधन । तस्बिरः किरणराज विष्ट÷रासस

6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भीडको दबाबमा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएको आधारमा ‘न्यायको हत्या’ भन्ने प्रचार गर्ने प्रयास अन्ततः समयले जवाफ माग्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले भीडको पछि लाग्ने प्रवृत्तिलाई अचम्मको मात्र नभई दयालाग्दो पनि भएको टिप्पणी गरे। उनले सहकारीमा लाखौँ जनताको बचत हिनामिना गरेको आरोपमा सयौँ व्यक्तिमाथि मुद्दा दर्ता भई अदालतमा विचाराधीन रहेको, जसमा पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत दर्जनौँ व्यक्ति थुनामा रहेको तथ्य प्रस्तुत गरे। तर, तीमध्ये कुनै एक व्यक्तिमाथि मात्र ‘राजनीतिक प्रतिशोध’ भएको भाष्य बनाउने प्रयासलाई उनले प्रश्न गर्दै भने, “एउटा व्यक्तिमाथि प्रतिशोध भयो भने अरूमाथि के भएको हो? त्यो त कानुनी कारबाही हो?”

प्रधानमन्त्री ओलीले यस्ता मुद्दालाई लिएर संसद् अवरुद्ध गर्दै मुलुकलाई विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको बाटोमा लैजानु अनुचित भएको स्पष्ट पारे। उनले स्वतन्त्र न्यायालयको निर्णय सरकारको पक्षमा होस् वा विपक्षमा, त्यसमा सरकारको हस्तक्षेप नहुने दोहोर्याउँदै संसद्, सरकार र न्यायालयलगायतका लोकतान्त्रिक अंगलाई ‘मास म्यानुपुलेसन’को आक्रमणबाट जोगाउन आवश्यक रहेको बताए।

उनका अनुसार वर्तमान सरकार राजनीतिक अस्थिरता अन्त्य गरी लयमा फर्काउने, सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने, असान्दर्भिक योजना तथा कार्यक्रम खारेज गर्ने, र सुरु भएका काम पूरा गर्ने प्रयासमा छ।

सांसदमा उठाइएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र जनहितमा आधारित नभई झुठा कथा सिर्जना गरेर भ्रम फैलाउने र सामाजिक सञ्जालका लागि सामग्री उत्पादन गर्ने प्रवृत्तिले सदनलाई प्रयोग गर्न खोजेको आरोप पनि उनले लगाए। उदाहरणस्वरूप, विदेशमा भिजिट भिसामा गएर त्यहाँको नागरिकता लिने, दोहोरो विवाह गर्ने जस्ता कार्यमा संलग्न प्रमाणित व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य बनाउन खोज्नु स्वार्थ साधनको उदाहरण भएको उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताको चाहना राख्नेहरुका योजना असफल हुने दाबी गर्दै, २०८४ सालको निर्वाचनसम्म वर्तमान राजनीतिक समीकरण कायम रहने स्पष्ट पारे। उनले लोकतन्त्रको उपभोग मात्र गर्ने, तर त्यसलाई कमजोर पार्ने प्रवृत्तिको विरोध गर्दै प्रणालीको संरक्षणका लागि सरकार दृढ रहेको दोहोर्याए।

Previous Post

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

Next Post

विकासका लागि राजनीतिक स्थिरता आवश्यक: मन्त्री गुरुङ

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
विकासका लागि राजनीतिक स्थिरता आवश्यक: मन्त्री गुरुङ

विकासका लागि राजनीतिक स्थिरता आवश्यक: मन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार