काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँग संयुक्त छलफल गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै दल दर्ता प्रक्रिया जारी रहेको बेला प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवाद र समन्वयलाई तीव्रता दिएकी हुन्। आगामी चुनावमा सबै दलको सहभागिता सुनिश्चित गर्न अपिलजस्तै उद्देश्यसहित यो संयुक्त छलफल आयोजना गरिएको हो।
यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा रहेका दलका नेतासँग साथै जेन–जी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै र संयुक्त रूपमा संवाद गरिसकेकी छन्।
निर्वाचन आयोगका अनुसार बुधबारसम्म १२३ दल दर्ता भइसकेका छन् भने केही दलले दर्ता प्रक्रिया जारी राखिरहेका छन्।






