Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

दोभानचौर खबर by दोभानचौर खबर
December 9, 2025
in राजनीति
0
स्थानीय उपचुनाव : उम्मेदवार बन्न यस्तो छ योग्यता
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। सोमबार आयोग परिसरमै उक्त कार्यालयको औपचारिक उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभएको हो, भन्ने जानकारी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएका छन्।

मंसिर १२ गतेको आयोग निर्णयअनुसार समानुपातिक प्रणालीका निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव महादेव पन्थले जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, सहायक निर्वाचन अधिकृतमा सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने व्यवस्था छ।

उद्घाटन समारोहमा आयुक्त भण्डारीले समानुपातिक प्रणालीअन्तर्गतका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले प्रक्रियागत रूपमा सरोकारवालाहरूलाई सहज हुने विश्वास व्यक्त गरे। उनले कानुनअनुसार जातीय, भौगोलिक, लैङ्गिक तथा अन्य समूह छुट्याएर प्रतिनिधि चयन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयको सहयोगसमेत रहने बताए।

कार्यक्रममा आयोगका आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, रगुन शम्शेर जबरा तथा आयोगका कर्मचारीहरू उपस्थित थिए। त्यसैगरी सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानूनमन्त्री अनिलकुमार सिन्हाले आयोगका पदाधिकारीसँग निर्वाचन पूर्वतयारी र सरकारद्वारा उपलब्ध गरिनुपर्ने सहयोगबारे छलफल गरेका थिए। छलफलमा अर्थमन्त्रीले निर्वाचनका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

कानूनमन्त्री सिन्हाले निर्वाचनसम्बन्धी कानूनी सहयोग उपलब्ध गराउने तथा निर्वाचन प्रक्रियामा स्वदेशी वस्तुको प्रयोग गर्न आग्रह गरे। छलफलले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न थप सहजीकरण गर्ने आयोगका प्रवक्ता भट्टराईले बताए।

Previous Post

मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल

Next Post

जेनजी आन्दोलनका ४५ सहिदको नामावली तीन दिनभित्र प्रजिअ कार्यकक्षमा राख्न गृह मन्त्रालयको निर्देशन

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

जेनजी आन्दोलनका ४५ सहिदको नामावली तीन दिनभित्र प्रजिअ कार्यकक्षमा राख्न गृह मन्त्रालयको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार