काठमाडौं: गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदहरूको नामावली जिल्ला प्रशासन कार्यालयहरूको कार्यकक्षमा राख्न निर्देशन दिएको छ।
सोमबार जारी परिपत्रमार्फत मन्त्रालयले सबै ७७ प्रजिअलाई तीन दिनभित्र ‘जेनजी सुशासन योद्धा’ का रूपमा घोषणा गरिएका व्यक्तिहरूको सूची प्रमुख जिल्ला अधिकारीको कक्षमा टाँस्न सूचित गरेको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। ती मध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरि राजपत्रमा प्रकाशित गरिसकेको छ। मन्त्रालयले ती सहिदहरूको नाम तोकिएको ढाँचामा राख्न निर्देशन दिँदै परिपत्रसँगै ४५ जनाको सूची पनि प्रजिअहरुलाई पठाएको छ।







