Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

१० हजार रुपैयाँ तिरेर दलहरुले मतदाताको विवरण लिन सक्ने

दोभानचौर खबर by दोभानचौर खबर
January 9, 2026
in राजनीति
0
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  निर्वाचन आयोगले कुनै राजनीतिक दललाई आवश्यक परेमा देशभरका मतदाताको विवरण निश्चित शुल्क लिएर उपलब्ध गराउने व्यवस्था गरेको छ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावलीका लागि १० हजार रुपैयाँ तिरेर विवरण लिन सकिनेछ। उक्त विवरण आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ। आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय माध्यमबाट उपलब्ध गराउनेछ।

आयोगका अनुसार मतदाता विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराइनेछ। यदि एउटा प्रदेशको मात्र विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ तिरेर लिन सकिने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतले कुनै मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली नच्यातिने, नबिगारिने र नकेरमेट गरिने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था पनि गरिएको छ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न सक्ने र फोटोबिनाको मतदाता नामावली भने जोसुकैले हेर्न सक्ने व्यवस्था रहेको जानकारी मतदाता, दल तथा उम्मेदवारलाई दिनुपर्ने आयोगले जनाएको छ।

कुनै मतदाताले आफ्नो मात्र मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सो मतदाताको विवरण मात्र समेटिएको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा तथा स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले जिल्लाभरको मतदाता नामावलीका लागि तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि तीन हजार रुपैयाँ दस्तुर लिएर जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने समावेश गरिने छैन।

Previous Post

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

Next Post

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार