काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भेट गरेका छन्।।
शीलत निवासस्थित राष्ट्रपति भवनमा भएको उक्त भेटमा, आफ्नो पदावधि समाप्त हुन लागेका सन्दर्भमा प्रधानन्यायाधीश राउतले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। उनको पदावधि यही चैत १८ गते सकिँदैछ।







