काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पार्टीका सांसदहरूको बैठक बोलाएको छ। यसका लागि गठन गरिएको निर्वाचन समितिले सांसदहरूसँग छलफल गर्न लागेको हो।
निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार दलको नेताबारे छलफल गर्न आज दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्नेछ।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र इन्जिनियर मोहन आचार्यलगायत नेता आकाङ्क्षी रहेका छन्।







