काठमाडौँ: रामचन्द्र पौडेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार तथा कार्यविधि० सम्बन्धी अध्यादेश जारी गरेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दोस्रोपटक सिफारिस गरेपछि उक्त अध्यादेश मंगलबार राष्ट्रपतिबाट जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। त्यसपछि सरकारले संशोधनसहित पुनः सिफारिस गरेपछि अध्यादेश जारी गरिएको हो।
अध्यादेश जारी भएकोबारे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।







