काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्न आफू तयार रहेको बताएका छन् । केन्द्रीय समितिबाहिर रहेका नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पार्टीमा सहभागी गराउन आफू इच्छुक रहेको बताएका हुन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समितिबाहिर रहेका नेताहरूलाई आवश्यकताअनुसार वरिष्ठ नेता लगायत उपयुक्त जिम्मेवारी दिन तयार रहेको उल्लेख गरे । “जसलाई जुन ठाउँमा राख्नुपर्ने हो, राखेर सँगै लिएर काम गर्न चाहन्छु, यो मेरो प्रस्ताव हो,” उनले भने ।
थापाले आगामी महाधिवेशनको निर्वाचन समिति गठन गर्दा पनि पार्टीबाहिर रहेका नेताहरूको सुझाव र सहमतिलाई समेट्न तयार रहेको बताए । साथै, उनले पार्टीभित्र निर्णय प्रक्रिया विशेष महाधिवेशनमा सहभागी भएकै आधारमा सीमित नहुने स्पष्ट पारे ।
प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई एकताबद्ध बनाउन आफू निरन्तर प्रयासरत रहेको दाबी गरे । सार्वजनिक मञ्चदेखि नेताहरूको घरघरमा पुगेर संवाद गरिरहेको उल्लेख गर्दै उनले केही नेताले सभापतिबाट एकताका लागि प्रयास नभएको भन्दै अभिव्यक्ति दिनु दुःखद भएको बताए ।
उनले पार्टी एकताका लागि थप के गर्नुपर्ने हो भन्ने स्पष्ट सुझाव दिनसमेत नेताहरूलाई आग्रह गरेका छ






