फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३५ प्रतिशतले हुन् आउने २१ करोड ८९ लाख ३१ हजार ७ सय ३७ रुपैयाँ ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा नगद गरि कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ५५ लाख रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।