काठमांडू : भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला परेको छ । भारतीय वायु सेनाको अनुसन्धान टोलीले दुर्घटनाग्रस्त एम आइ १७ हेलिकोप्टरको ब्ल्याक बक्स फेला पारेको हो ।
ब्ल्याक बक्स फेला परेपछि अनुसन्धान गर्न सहज हुने बताइएको छ । ब्ल्याक बक्समा उडानको समयमा हेलिकोप्टरसँग सम्बन्धित सबै प्रकारका गतिविधिहरु रेर्कड भएका हुन्छन् । जसकाे सहायतामा हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।
भारतकाे तमिलनाडूको कुन्नुर नजिकै हेलिकोप्टर दुर्घटना, भारतिय चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सहित १३ जनाकाे मृत्यू भएकाे थियाे र दुर्घटनामा परेकाे हेलिकप्टरकाे ब्ल्याक बक्स दुर्घटनास्थलमा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।