काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । याे टिममा विश्वप्रकाशलाई महामन्त्री प्रस्ताव गरीएकाे छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् । अब यो समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् । सभापतिको साझा उमेदवार टुंगो लगाउन शुक्रबार बसेको बैठक प्रकाशमान बिचमा उठेर हिडेपछी बैठक बिना निष्कर्ष टुङ्गिएकाे थियाे।
यो टिममा एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा सिट सुरक्षित राखिएकाे छ भने अर्को महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाशलाई ल्याउने भन्ने छलफल चलिरहेकाे छ । केही नेताले विश्वप्रकाशलाई महामन्त्री उम्मेदवार बनाउन डा. रिजाललाई उपसभापति लड्न आग्रह गर्नेमा जाेड दिइरहेका छन् ।
रक्षामन्त्री समेत रहेका रिजाल त्यसमा सहमत भने अहिलेसम्म भएका छैनन् र महामन्त्रीको उम्मेदवार नभए आफु कुनै पनि पदाधिकारीको पदमा नलड्ने उनले अडान लिईरहेका छन् ।