Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

हुम्लामा अन्तरजातीय विवाह गरेका युवक एक हप्ता देखि बेपत्ता

दोभानचौर खबर by दोभानचौर खबर
December 21, 2021
in दाेभानचाैर आज, समाज
0
हुम्लामा अन्तरजातीय विवाह गरेका युवक एक हप्ता देखि बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमकोट । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता भएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण उनलाइ माइती पक्षद्वारा निर्घात रूपमा कुटपिट गरिनुका साथै अपहरण गरी बेपत्ता पारिएको हो । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवतीका पक्षले युवकलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड समेत गरेका छन् ।

युवकका वुवाका अनुसार छिमेकी घरहरुका ढोकामा ताला लगाइ परिवारका सदस्यलाइ कुटपिट गरिनुका साथै घरमा तोडफोड समेत गरिएको हो । गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा आएको उहाँले बताउनु भएको छ ।

युवकका बुवाले भन्नुभयो, “अन्तरजातको युवती विवाह गरेका कारण छोराले कुटाई खानुप¥यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर गएका हुन र छोरालाई आजसम्म भेटाउन सकेका छैनौ, खै छोरालाई कुन कर्णाली नदीमा फाले होलान् अत्तोपत्तो छैन, उहाँले दुःखेसो पोख्नुभयो।”

उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो, पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौँ भनेर बोलाएपछि उक्त जोडी घरमा आय । बुधबार राति मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवायुवतीलाई लिएर मुगु पुगेको भए पनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुनसकेको छैन ।

घटनाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचर्याले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आर्चायका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझने र आवश्यक अनुसन्धान भइरहेकाले युवती पक्षको बुवालाई प्रहरीले अनुसुन्धानका लागि नियन्त्रण लिएको बताउनुभयो ।

प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक शर्मा आफँै पुग्नुभएको छ । बेपत्ता पारिएका युवक अझै भेट्टाउन सकिएको छैन । प्रहरीले अनुसन्धान र खोजी तीव्र पारेको बताएको छ ।

Previous Post

मन्त्री प्रेमबहादुर आलेद्वारा न्यानो लुगा वितरण

Next Post

एक महिलाको शव घर नजिकै पोखरीमा फेला

RelatedPosts

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट
दाेभानचाैर आज

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

May 16, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
कला/साहित्य

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

May 4, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
आइएफसी र नेपाल उद्योग वाणिज्य  महासङ्घबीच सहकार्यमा जोड
अर्थ खबर

आइएफसी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

May 1, 2025
Next Post
एक महिलाको शव घर नजिकै पोखरीमा फेला

एक महिलाको शव घर नजिकै पोखरीमा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार