काठमाण्डाै । ललिता निवास प्रकरणमा एक सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डाै जिल्ला अदालतले एक जना २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे ।
गएकाे आइतवार पछी पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रवार आठ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे ।
यस प्रकरणमा उच्च पदस्थ कर्मचारी सहित, भूमाफिया र व्यापारीकाे नामसमेत जाेडिएकाे थियाे । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेकाे छ ।