काठमाडौं । गैर सांसद अधिवक्ता गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उनले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् । संविधानको धारा ७८ अनुसार गैर सांसद मन्त्री हुन सक्छन् तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिना भित्र संघीय संसदको सदस्यता नलिएमा मन्त्री पद स्वत खारेज हुन्छ ।
गस अघि कानुन मन्त्री नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू थिए भने अब उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई मन्त्री नियुक्तको चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिए यता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।
त्यास्तै नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले राजीनामा दिएपछि रक्षा मन्त्रालयले भने अझै मन्त्री पाउन सकेको छैन । हाल यो मन्त्रालय प्रधानमन्त्री देउवा आफैले सम्हाल्दै आएका छन् ।
विज्ञप्ति
