काठमाडाैं । सर्लाहीमा गोली चलेको छ । सर्लाही सदरमुकाम मलंगवामा चलेको गोली लागेर एक युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार बुधबार साँझको ७ः४० तिर मलगंवा नगरपालिका वार्ड नं ९ मा गोली चलेको छ । नचिनेका मानिसले हानेको गोली लागेर उनी युवकको मृत्यु भएको बताईएको छ ।
गोली लागेर भारत बिसनपुरका इन्दल कुमार घाईते भएका थिए । प्रहरीका अनुसार घाईते इन्दललाई उपचारका लागि मलगंवा अस्पताल लगिएकोमा उनको उपचारको केहीबेरमा नै उनको मृत्यु भएको थियो ।
े
हालसम्म गोली चलाएका व्याक्तिका बारेमा केहि खुल्न सकेको छैन । यो घटनाका विषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।