Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

दोभानचौर खबर by दोभानचौर खबर
April 12, 2022
in दाेभानचाैर आज
0
ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गर्नुभएको हो ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरू बीच दुई देशबीच रहि आएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गर्नुभयो । नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “विद्युत् खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ ।

विद्युतीय ऊर्जा प्रयोग गरेर रासायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।”

मन्त्री भुसालले नेपालको विकासमा क्यानडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानडाको सहकार्य निरन्तर रहनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताउनुभयो । क्यानडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीको पनि उपस्थिति थियो । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र क्यानडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको छ ।

Previous Post

भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाइए

Next Post

सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइयो

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइयो

सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार