काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने जनाईएको छ। प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा मतविभाजन हुनुअघि नै उनले आज शाक्य ले राजिनामा दिने भएकी हुन्। बागमतीकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले संसदलाई सम्बोधन गर्दै शाक्यले मार्ग प्रशस्त गर्ने बाताएकी हुन्। मुख्यमन्त्री बनेलगत्तै नेकपा एमाले बिभाजनका कारण शाक्य अल्पमतमा परेकी थिइन र पार्टि बिभाजनकै कारण उनलाई विश्वासको मत लिनुपर्ने थियो ।
गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ। विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ र जसपाको एक सांसद छन्। एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्।
यस अघि नेकपा एमालेका डोरमणि पौडेलको राजिनामा दिए लगत्तै नेकपा उपाध्यक्ष समेत रहेकि शाक्य वाकमती प्रदेश संसदीय दलको नेता हुदै मुख्य मन्त्री बनेकि हुन्।