Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज देखि हिन्दुहरुको महान चाड तिहार पर्व शुरु

दोभानचौर खबर by दोभानचौर खबर
November 2, 2021
in दाेभानचाैर आज, समाज
0
आज देखि हिन्दुहरुको महान चाड तिहार पर्व शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ ।

मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ :१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक सुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ ।

Previous Post

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आज मङ्गलबार बिहान ८:३० बजे बाँडफाँड हुने

Next Post

नेपालगंज बिमानस्थलमा सीता एयरको जहाज बँदेलसग ठोक्कियो ।

RelatedPosts

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम
दाेभानचाैर आज

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

June 22, 2025
काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”
दाेभानचाैर आज

काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”

June 21, 2025
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
समाज

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

June 18, 2025
रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”
समाचार

रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”

June 16, 2025
बागलुङदेखि कास्कीसम्म: सशक्त नेतृत्वको एक यात्रा
दाेभानचाैर आज

बागलुङदेखि कास्कीसम्म: सशक्त नेतृत्वको एक यात्रा

June 14, 2025
विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती
गण्डकी प्रदेश

विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती

June 11, 2025
Next Post
नेपालगंज बिमानस्थलमा सीता एयरको जहाज बँदेलसग ठोक्कियो ।

नेपालगंज बिमानस्थलमा सीता एयरको जहाज बँदेलसग ठोक्कियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार