Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

दोभानचौर खबर by दोभानचौर खबर
June 4, 2023
in दाेभानचाैर आज
0
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् ।

यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिए ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने,’चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।’

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताए । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए ।

‘समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु’, निर्देशक वलले भने,’नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।’

चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताए । उनले भने,’यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।’

उनले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताए । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ थियो ।

हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए । ‘हामीलाई हिउँ नभएको हिमाली भू(भाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौँ, निर्देशक वलले भने ।

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताए । उनले भने,’यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।

चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन्।

Previous Post

नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

Next Post

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार